Admission Open

ad place

तिहार मान्न उपत्यकाबाहिर जाने यात्रुलाई आजदेखि कोरोना खोप लगाउन सुरु

काठमाडौं : तिहारमा काठमाडौंबाट घर जाने यात्रुहरुलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रम आज र भोलि दुई दिन चल्ने खोपको यो कार्यक्रम कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई निःशुल्क दिन सुरु गरिएको हो । खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सन्चालन हुनेछ ।

खोप लगाउनका लागि यात्रुहरुले उमेर खुल्ने परिचय पत्र देखाउनुपर्ने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...