Admission Open

ad place

आज नेपालमा ३०८ जना कोरोना संक्रमित थपिए, थप ३ जनाको निधन

काठमाडौँ, ९ मंसिर : आज नेपालमा ३०८ जना कोरोना भाईरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षणमा ३०८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट परीक्षण गर्दा २८१ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी २९८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ४२० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७।७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार ३४९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कोभिड–१९ को सङ्क्रमणबाट थप ३ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५१६ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७७ हजार ८८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ७५ लाख २१ हजार ५२३ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८१ लाख ५३ हजार ७३४ जनाले पूर्ण मात्रा र ९३ लाख ६७ हजार ७८९ जनाले कम्तीमा एक मात्रा खोप लगाएकोो मन्त्रालयको भनाइ छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...