काठमाडौं : एमालेले दसौं महाधिवेशनका लागि १ सय ६ जना प्रतिनिधि मनोनयन गरेको छ । महाधिवेशन प्रतिनिधि मनोनयन गर्दा अध्यक्ष केपी ओली निकटहरु ९५ प्रतिशत भन्दा बढीलाई समेटिएको छ । त्यसपछि पूर्वमाओवादीका परेका छन्
दस बुँदे सहमतिका पक्षधरहरुलाई कत्लेआम गरिएको छ । दस बूँदे सहमति पक्षका तर्फबाट मनोनयनमा एक जनालाई मात्र समेटिएको छ । एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेकी श्रीमती पूर्णशोभा चित्रकार मात्र मनोनीत भएकी छन् । अरु सबै ‘ओली बा आइ लभ यु’ भन्नेमात्र परेका छन् । एमाले अध्यक्ष केपी ओलीका साला ज्ञानेन्द्र शाक्य, पीए राजेश बज्राचार्य, ओलीकै प्रियपात्र गोविन्द थापा सहित मनोनीत भएका छन् । युवराज कार्कीकी श्रीमती बालिका गिरी पनि मनोनीतमा परेका छन् । राष्ट्रपति कार्यालयमा कर्मचारी रहिसकेकी दीपा शर्मा पनि मनोनीत भएकी छन् । मनोनीतमा मेडिकल माफिया दुर्गा प्रसाई परेका छन् । काभ्रेका गुण्डानाइके अमित लामा पनि छन् ।
नेकपा एकीकृत समाजवादीका नेता बसन्त मानन्धरकी श्रीमती इन्दिरा पन्त पनि एमालेको महाधिवेशन प्रतिनिधिमा मनोनीत भएकी छन् ।
प्रदेश सम्पर्क कमिटी र भूगोलबाट आउन नसकेकाहरु मनोनीतमा परेका छन् । माओवादीबाट एमाले भएकी गंगा दाहालका श्रीमान कमल शाही पनि मनोनीत भएका छन् । २०६५ ताका क्यासिनोमा लुटपाट मच्चाउने रमेश पन्तजस्ता मनोनीत भएका छन् ।
दस बुँदे सहमतिका आधारमा पार्टी एकता प्रक्रियामा आएकालाई भूगोलबाटै रोकियो, मनोनीतमा पूर्वमाओवादीलाई समेटिएको छ । तर दस बुँदे पक्षधरलाई कत्लेआम गरिएको छ । पूर्वसांसद विचारी यादव, भोजपुरका प्रभावशाली नेता तथा टेम्केमैयुङ गाउँपालिका अध्यक्ष धु्रव राई, सर्लाहीको लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्कासमेत मनोनीतमा पर्न सकेनन् । युवासंघका कनिष्टहरु मनोनीत परे तर उपाध्यक्ष कृष्णहरि केसी पनि पर्न सकेनन् ।
प्रेस चौतारीका महासचिव राजेश राई, एमालेका लागि रगत पसिना बगाएका दोलखाका रामप्रसाद रिमाल, काठमाडौंका उपेन्द्र पौडेल मनोनीतमा अटाउन सकेनन् ।
त्यसो त इश्वर पोखरेललाई गणेश मान्ने प्रभातविक्रम कटवाल पनि मनोनीतमा पर्न सकेनन् । ओली गुटमै रहेका तर युवासंघमा महेश बस्नेत र किरण पौडेलको गुटबिरोधी रोशन बस्नेतलाई पनि समेटिएको छैन ।
एमालेमा निर्वाचित भएर आउने १,९९९ बाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था छ । त्यही अनुसार स्थायी कमिटीले १०६ जनालाई मनोनीत गरेको हो । अब उक्त प्रस्तावलाई चितवनमा बस्ने केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।
यी हुन् मनोनीत महाधिवेशन प्रतिनिधि
यमुना रोका रोल्पा, भारती पाठक मकवानपुर, लता प्याकुरेल मोरङ, आशमाया तामाङ नुवाकोट, सानुमाया खड्का काठमाडौं, मैना भण्डारी गुल्मी, शान्ति ढकाल बाँके, शकुन्तला श्रेष्ठ भक्तपुर, तारामाया थापा कास्की, देवीमाया लिम्बू काठमाडौं, उर्मिला सुनुवार दोलखा र बालिक गिरी चितवन रहेका छन् ।
यस्तै मञ्जु अधिकारी पर्वत, दिपा शर्मा बाँके, विद्या न्यौपाने काठमाडौं, इन्दिरा पन्त काठमाडौं, सीता नेउपाने दाङ, पूर्णशोभा चित्रकार काठमाडौं, जुना देवी नेपाली पर्वत, राधिका मल्ल मुगु, सृजना काफ्ले पाल्पा, गीता अधिकारी झापा, सावित्री बिक दाङ, दिलशोभा पुन गुल्मी, इन्दु कडरिया कञ्चनपुर, टासी स्याङबो गुरुङसेनी मुस्ताङ, शीला यादव धनुषा, मञ्जु भण्डारी सुनसरी र सरिता दाहाल काठमाडौंलाई मनोनित गरेको छ ।
यसैगरी रीता देवी यादव रौतहट, मीना श्रेष्ठ सुनसरी, जलवर्षा राजवंशी झापा, राधिका शर्मा न्यौपाने जाजरकोट, इन्दिरा सञ्जेल कालिकोट, होमकुमारी साँवा ताप्लेजुङ, सोमनाथ अधिकारी ‘प्यासी’ कास्की, गोविन्द कलौनी डडेलधुरा, राजकुमार लेखी सप्तरी, डा। भिष्म अधिकारी लमजुङ, रामबहादुर गुरुङ तनहुँ, छेवाङ तेन्जिङ लामा रसुवा, बालकृष्ण ढुंगेल ओखलढुंगा, डिल्लीराज भूसाल गुल्मी, सुजन यादव सर्लाही, गोविन्दप्रसाद दुलाल भक्तपुर र पशुपति दयाल मिश्र बाँकेपनि मनोनित भएका छन् ।
यसैगरी छविलाल ओली दाङ, दयालबहादुर शाही बाजुरा, हिरासिंह सार्की कञ्चनपुर, कृपाराम राना कञ्चनपुर, रामकिसन मण्डल सिरहा, रामबहादुर सुनार सिन्धुपाल्चोक, कृष्ण केसी बागलुङ, बालकृष्ण काउछा कास्की, कृष्ण पाठक बागलुङ, गंगाराम बुढामगर रोल्पा, रुजिदिन घर्तीमगर रुकुम पूर्व, रामहरि सुवेदी काभ्रे, क्षितिज थेवे ताप्लेजुङ, रघुनाथ खुलाल मकवानपुर, राजेश बज्राचार्य काठमाडौं, तारानिधि पन्त काभ्रे, ज्ञानेन्द्र शाक्य ललितपुर, मोहनसिंह धामी दार्चुला र धिरेन्द्रराज गिरी जुम्ला रहेका छन् ।
त्यस्तै कर्णबहादुर शाही बेलायत, चानक पोखरेल कतार, छिरिङ लोप्साङ गुरुङ मनाङ, नारायणप्रसाद आचार्य पाल्पा, डा नेत्रप्रसाद तिम्सिना मोरङ, उदय पल खल काठमाडौं, दिवाकर देवकोटा सप्तरी, रामबहादुर थापा स्याङ्जा, कलक खड्का बझाङ, चन्द्रबहादुर थापा प्युठान, डेगनाथ गौतम बाँके र खोपनिधि लोहनी चितवन रहेका छन् । तिम्सिना नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष हुन् ।
त्यसैगरी डा. देवराज रोका खोटाङ, जितमान लामा काभ्रे, महादेव बजगाईं कैलाली, पशुराम अधिकारी भोजपुर, किरण साह रौतहट, ईन्द्रजीत राई काठमाडौं, हरि अधिकारी रुपन्देही, गोविन्द थापा झापा, अमर शिवाकोटी झापा, दुर्गा प्रसाई झापा, डम्बर सुवेदी सुनसरी, बेदराज जोशी बाँके, मेकबहादुर कुंवर सल्यान, खड्ग राई संखुवासभा, केपी अधिकारी म्याग्दी, कमल शाही सुर्खेत, प्रकाश साउद डडेलधुरा, सन्तोष राउत म्याग्दी, हरि प्रसाद शर्मा काफ्ले काठमाडौं, तेजेन्द्र केसी रुपन्देही, अमित लामा काभ्रे, गोपालबहादुर बटाला जाजरकोट, बाबुलाल डंगोल काठमाडौं, महेश्वरी चौधरी उदयपुर, ममता प्रसाद चौधरी कैलाली, पर्मानन्द बर्मा बाँके, चुडामणि खनाल अर्घाखाँची, गणेश विश्वकर्मा गुल्मी र बाबुराम थापा तेह्रथुम रहेका छन् ।
यसअघि एमालेले १ हजार ९ सय ९९ जना महाधिवेशनमा प्रतिनिधि हुने जनाएको थियो । सचिव भट्टराईका अनुसार हालसम्म केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट हुने पदेन प्रतिनिधिको संख्या २ सय ३८ जना, निर्वाचित प्रतिनिधि १ हजार ८ सय ८९ जना रहेका छन् । त्यसैगरी महोत्तरी, रौतहट, प्रदेश नम्बर २ मजदुर प्रतिनिधि र भूतपूर्व सैनिक गरी ६७ जना प्रतिनिधि चयन हुन बाँकी छ ।
कूल सदस्यको ५ प्रतिशत मनोनीत १ सय ३ जना गरी महाधिवेशनमा २ हजार ३ सय २७ जनाको प्रतिनिधित्व हुने जनाएका छन् । हालसम्म ६२ महिलासहित १ सय ९५ जना दलीत र ५ सय ७६ जना महिला प्रतिनिधि महाधिवेशनमा सहभागी हुने भट्टराईले बताए ।