काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १.८९ अंकले उकालो लागेर दुई हजार ७ सय ३५ अंकमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ अंकले ओरालो लागेर ५१५.१९ मा सीमित भएको छ । नेप्से परिसूचक झिनो अंकले बढे पनि कारोबार रकम सस्तोमा सीमित भएको छ । कूल २ सय २७ कम्पनीको ७४ लाख ४५ हजार २ सय २७ कित्ता शेयर चार अर्ब २१ करोड ७४ लाख १५ हजार ३ सय ३७ रुपैयाँमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ७.११, व्यापार ३८.८३ र जीवन बीमा ५८.३ अंकले घटेको छ । होटल तथा पर्यटन २.०८, विकास बैंक ४०.६८, जलविद्युत् २३.४३, वित्त ३३.०४, निर्जीवन बीमा ३६.२२, उत्पादन २६.२२, अन्य ५.४, लघुवित्त २.९५, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.५५ अंकले बढेको छ ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड १५ लाख ५६ हजार ८ सय ३४ बराबरको कारोबार भयो । यस्तै, आइसिएफसी फाइनान्स १८ करोड ६७ लाख ५४ हजार ३ सय ३३ रुपैयाँ, अपि पावर कम्पनी १७ करोड छ लाख ३० हजार ८ सय ७६, नेशनल हाइड्रोपावर १४ करोड दुई लाख ३६ हजार ५ सय ४७ रुपैयाँ र आइएमई जनरल इन्स्योरेन्स १२ करोड ८३ लाख १५ हजार ९ सय ९० रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।
नेप्सेका अनुसार मैलुङ्खोला जलविद्युत् कम्पनी ९.४७, कर्णाली डेभलपमेन्ट बैंक ६.६५, पञ्चकन्या माई हाइड्रोपावर ६, जोशी हाइड्रोपावर ४.८५ र साना किसान विकास बैंकका लगानीकर्ताले ३.९८ प्रतिशतले कमाए ।
त्यस्तै, गुर्खाज फाइनान्स २.५५, उन्नति सहकार्य लघुवित्त २.२३, तेह्रथुम पावर कम्पनी २.२१, एनआइसि एशिया लघुवित्त २.१३ र कुमारी बैंकको ऋणपत्रका लगानीकर्ताले १.९९ प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण ३८ खर्ब ३८ अर्ब ५२ करोड ८७ लाख ७० हजार ५ सय १० रुपैयाँ बराबर भएको छ ।