Admission Open

ad place

प्रधानन्यायाधीश चोलेन्द्रशमशेरविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने

नेपाल बार एसोसिएसनको बैठक बस्दै

काठमाडौं : आज शुक्रबार बिहान ११ बजे नेपाल बार एसोसिएसनको बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको नेपाल बार एसोसिएसन थप आन्दोलनका कार्यक्रम घोषणा गर्न गेको हो । बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बताईएको छ ।

नेपाल बारले यसअघि नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो । तर, जबराले बिहीबार साँझ प्राइम टाइम टिभीमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मेरो बहिर्गमन विधि र प्रक्रिया पनि संविधानले निर्धारण गरेको छ ।

त्यसअनुसार जान मलाई मञ्जुर छ । तर, सडकबाट आवाज उठ्दैमा राजीनामा दिँदैन ।’ जबराले राजीनामा नदिएपछि अब बारले देशभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...