Admission Open

ad place

सुनको मूल्य बढ्यो : चाँदीको स्थिर   

काठमाडौँ, ११ कात्तिक  : नेपालमा सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ४०० तोकिएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९२ हजार कारोबार भएको थियो ।    
 नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ९०० रहने छ जसको मूल्य बुधबार ९१ हजार ५०० तोकिएको थियो ।    
 त्यस्तै चाँदी प्रतितोला रु एक हजार २५०मा कारोबार हुने महासङ्घले जनाएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २५०मा नै कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...