Admission Open

ad place

लिभरपुलद्वारा म्यानचेस्टर युनाइटेड ५ गोलले पराजित

मोहमद सलाहले लिभारपुरको लागि ह्याट्रिक गरेका थिए ।

 

काठमाडौं, ७ कात्तिक : इंग्लिस प्रिमियर लिग ( इपिएल )मा लिभरपुलले घरेलु टिम म्यानचेस्टर युनाइटेडलाई हराउँदै सानदार जित हात पारेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले घरेलु टिमलाई ५-० गोलले पराजित गरेको थियो ।

मोहमद सलाहले लिभारपुरको लागी ह्याट्रिक गरेका थिए । सलाहले  खेलको ३८ मिनेट, पहिलो हाफको इन्जुरी टाइममा र ५० मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए ।

युनाइटेडका हजारौं समर्थकको अगाडी लिभरपुलका केइटाले खेलको पाँचौ मिनेटमा  गोल गर्दै अग्रता दिलाएका थिए भने  जोटाले ८ मिनेटको अन्तरमा लिभरपुलको अग्रता दोब्बर पारेका थिए। पहिलो हाफमै युनाइटेडले चार गोल खाएपछि उसका हजारौं समर्थक प्यारापिट छाडेर मैदान बाहिर निस्किएका थिए।

पोग्बाले केइटालाई खेलको ६० मिनेटमा फल गरेसंगे रातो कार्ड पाउँदै मैदान बाहिर निस्किएका थिए। त्यसपछि युनाइटेड १० खेलाडीमा सीमित बनेको थियो।

जितसँगै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

लिभरपुलको ९ खेलबाट २१ अंक छ। शीर्ष स्थानको चेल्सीको २२ अंक छ। युनाइटेड भने ९ खेलबाट १४ अंक जोड्दै  सातौं स्थानमा छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...