Admission Open

ad place

आज विश्व हातधुने दिवस

अरुकोको ज्यान बचानुहोस्–आफ्नो हात धुनुहोस्

काठमाडौं, २९ असोज

आज अक्टोबर १५ अर्थात् विश्व हातधुने दिवस । १५ अक्टोबर  २००८देखि संसारभर स्वस्थ रहन तथा विभिन्न रोगलाग्न नदिनको लागि जनचेतना फैलाउने उद्देश्यकासाथ विश्व हातधुने दिवस मनाउन सुरु गरिएको हो । अरुकोको ज्यान बचानुहोस्–आफ्नो हात धुनुहोस् भन्ने मूल नाराका साथ यस वर्षको विश्व हातधुने दिवस मनाइँदै छ ।

विश्व स्वास्थ्य संगठनले समेत कोरोना भाइसरको रोकथाम तथा सङ्क्रमणबाट बच्न पनि हातधुने बानीको विकास गर्न सबैलाई आग्रहसमेत गरेको छ । विश्वभरि नै हात सफा नभएका कारणले नै विभिन्न रोग र संक्रमण फैलने गरेको र त्यसैको कारण लाखौंको मृत्युसमेत हुने गरेको छ । यदि साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट मात्र जोगाउँदैन अनावस्यक अस्पतालको खर्चसमेत बचाउँछ ।

विश्वभर वर्षेनी लाखौं बालबालिकाको मृत्यु झाडापखालाकै कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले देखाउँछ । हरेक ३ जना बालबालिकामध्ये एकमा झाडापखालाको संक्रमण हुने गरेको तथ्याङ्क छ । झाडापखला फैलनुको मुख्य कारणको रुपमा हात सफा नहुनुलाई नै मानिन्छ । राम्रोसँग हात धोएमा मात्र झाडापखाला जस्ता ४० र श्वास–प्रश्वाससम्बन्धी २३ प्रतिशत रोग नलाग्ने विभिन्न स्वास्थ्यसम्बन्धी प्रतिवेदनहरूले देखाएको छ । दिगो विकासको छैठौं लक्ष्यमा पनि स्वच्छ खानेपानी र सरसफाईको विषय उल्लेख गरिएको छ । जसमा सरसफाई अन्तर्गत हातधुने बानी पनि एउटा महत्वपूर्ण पाटो हो ।

कसरी धुने हात ?

  •   सफा पानीले हात भिजाउने ।
  •   हातमा साबुन लगाउने र कम्तीमा २० सेकेन्डसम्म हात मिच्ने ।
  •   हातका सबै औंला, हत्केला र औंलाका चेपचेपमा साबुन पु¥याउने ।
  •  हातको गोलीगाँठादेखि नङको टुप्पोसम्म साबुल पनिले मिच्ने ।
  • सबैतिर मिचिसकेपछि राम्रोसँग हात पखाल्ने ।
  •  पखालेको हातलाई सफा कपडाले मात्र पुछ्ने ।

कुन कुन बेला हात धुनुपर्छ ?

  •   शौचालय गएपछि,
  •   खाना खानुअघि र खाएपछि,
  •   बच्चाको कपडा वा अन्य सामान चलाएमा,
  •  कुनै पनि जनावरलाई छोएपछि चाहे घरपालुवा भएपनि,
  •  खाना पकाउनु अघि

यी सामान्य अवस्था भएपनि पटक–पटक हात धुने बानी बसाल्नु नै राम्रो हुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...