Admission Open

ad place

दिक्तेलबारी नोभे टोल सुधार समितिद्धारा बडा दशैँ, तिहार तथा छट पर्वको अवसरमा चियापान कार्यक्रम सम्पन्न

कार्यक्रममा समाजका ज्येष्ठ नागरिकलाई  (महिला पुरुष) दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

खोटांग, दिक्तेल २६ असोज , दिक्तेल बारी नोभे टोल सुधार समितिद्धारा बडा दशैँ, शुभदिपावलि तथा छट पर्वको अवसरमा स्थानिय स्कुल श्री युवा वर्ष प्राथामिक विधालयको प्राङ्गणमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । वडा अध्यक्ष टंक प्रसाद आचार्यको प्रमुख अतिथिमा हण्डी फोर्ने, रुख चढि भाले झिक्ने , म्युजिक चियर जस्ता कार्यक्रम सम्मपन्न भएका थिए ।

कार्यक्रममा समाजका ज्येष्ठ नागरिकलाई  (महिला पुरुष) दोसल्ला ओढाई सम्मान गरिएको थियो । साथ -साथै समाज सेवी व्यक्तिहरुलाई  प्रमाण पत्रका साथमा सम्मान गरिएको थियो । समाजसेवी व्यक्तिमा स्वास्थ्य चौकी निर्माणका लागि निशुल्क जग्गा प्रदान गर्ने श्री हरिप्रसाद आचार्य र नेवार समुदायको खाजा खुवाउने पाटी निर्माणको लागि जग्गा प्रदान गर्ने श्री रत्न प्रसाद आचार्यलाई सम्मान गरिएको टोल समितिका अध्यक्ष श्री सुमन आचार्यले जानकारी दिनु भयो।

टोल सुधार समिति भित्र पर्ने युवा वर्ष प्रावीका शिक्षकद्धय शोमप्रसाद आचार्य र खडानन्द आचार्यलाई सम्मान समेत गरिएको  त्यस्तै विद्यालयमा अध्यनरत विवेक रिजाल र जेनिशा राईलाई समेत विद्यालयमा उत्कृष्ट विद्यार्थी  भन्दै स–धन्यवाद सहित प्रमाण पत्र प्रदान गरिएको आचार्यले जानकारी दिनु भयो।

त्यस्तै टोलकी उत्कृष्ट बुहारीमा रञ्जु रिजाललाई  छनोट गरी विभिन्न पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको आचार्यले जानकारी दिनु भयो।

कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर सभापति तथा दिक्तेल–१ का वडा सदस्य प्रकाशकुमार श्रेष्ठ सहित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिका साथमा चियापान कार्यक्रम सम्पन्न भएको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...