Admission Open

ad place

कोका-कोलाको ‘धन्यवाद’ : फ्रन्टलाइन हिरोजलाई

काठमाडौँ : कोका-कोलाले सबै प्रियजनप्रति कृतज्ञता प्रदान गर्ने थिमका साथ हालै दसैं अभियानको लन्च गरेको छ । ‘धन्यवाद’ शीर्षक रहेको यस अभियानको मुख्य आशय भनेको महामारीको कठिन समयमा हाम्रा लागि साथीको रुपमा सथै सहयात्री रहेका उपभोक्ताहरुलाई एउटा कोकको बोटलकोमार्फत धन्यवाद ज्ञापन गर्नु हो ।

प्रहरी र थुप्रै गैर-सरकारी संस्थाले नेपालमा कोभिड-१९ विरुद्धको लडाइमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । दसैं अभियानको एक हिस्साको रूपमा कोका-कोलाले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिक जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको अन-ग्राउन्ड एक्टिभेसन सुरू गरेको छ । यसको मुख्य उद्देश्य भनेको फ्रन्टलाइन नायकहरुलाई उनीहरुले प्रदान गरेको समर्पण र समुदायको लागि दिएको सेवाको लागी कोका-कोलाको तर्फबाट ‘धन्यावाद’ व्यक्त गर्नु हो । यो कृतज्ञता प्रदान गर्नको लागि कोका-कोलाले अग्रपंक्तिका नायकसँग संलग्न रहेर ‘धन्यवाद’ उपहार बक्सलाई बढ्दै छ । यसमा नयाँ धन्यवाद लेबल गरिएको व्यक्तिगत कोकको बोतलहरुमा नाम अंकित गरिएको छ र साथै कोका–कोलाको कन्टूर ग्लास पनि यसमा समावेश रहेको छ ।

पहिलो एक्टिभेसनको सफलतापूर्वक आयोजना चारवटा गैर-सरकारी संस्थामा गरिएको थियो । महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशका युवाहरुको नेतृत्वमा रहेको हामी नेपाल, जनावरलाई उद्धार र वासस्थान प्रदान गर्ने स्नेह केयर र हर्टबिट यसमा रहेका थिए । आगामी दिनहरुमा कोका–कोलाले देशको अग्रणी नायकहरु प्रति आभार प्रकट गर्नको लागि अस्पताल र ट्राफिक पुलिससहित धेरै संगठनहरुको भ्रमण गर्ने जनाइएको छ ।

कोका-कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘अग्रपंक्तिमा काम गर्ने व्यक्तिले महामारीको विगत डेढ वर्षमा हाम्रो समुदायहरुमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेका छन् । उनीहरु निडर भई जीवन बचाउन र सामान्य स्थितिलाई कायम राख्न लागि परेका छन् । हामी उनीहरुको सराहना गर्दछौं र उनीहरुको निस्वार्थ प्रयासको सलाम गरी महामारीको समयमा उनीहरुको साहसी कार्यहरुको लागी धन्यवाद ज्ञापन गर्दछौँ । हाम्रो यो अन-ग्राउण्ड एक्टिभेसन उनीहरु प्रति कृतज्ञता देखाउन सम्पूर्ण हृदयले समर्पित रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...