Admission Open

ad place

इपिएल ; भैरहवा ले चितवनलाई ६ विकेटले  हरायो

केशब आचार्य,

काठमाडौं, १८ असोज : बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० अन्मातर्गत सोमबार भएको पहिलो खेलमा चितवन टाइगर र भैरहवा ग्लेडिएटर्स बिचको खेलमा भैरहवा ले चितवनलाई ६ विकेटले  हराएको छ ।

टस जितेर ब्याटिंग गरेको चितवनले निर्धारित ओभरमा १६४ रन बनाएको थियो । चितवनको लागी करीम जनातले ३७ बल खेल्दै सर्वाधिका ३५ रन बनाएका थिए । त्यस्तै मोहम्मद शहजाद ३२, भीम शार्की १६ , सीक्कुगे प्रसन्न र राजेश पुलामीले समान १४-१४ तथा दिलिप नाथले १३ रनको योगदान गरेका थिए । ओपनिंगमा आएका खडक बोहोरा १ रनमै पभेलिएन फर्किया थिए भने कमल ऐरी अविजित रहदै ७ रन बनाएका थिए ।

चितवनले दिएको १६५ रनको लक्ष्य भैरहवाले १७.५ ओभरमा ५ विकेट गुमाउँदै जित आफ्नो बनाएको थियो ।

भैरहवाको जितको लागी प्रदीप ऐरीले ४२ बलमा ८ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ७२ रन बनाएका थिए । त्यस्तै तमीम इकबालले ४०, उपुल थरंगाले अविजित ३९ रनको योगदान गरेका थिए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

भैरहवाको जितको लागी अविनाश बोहोरा ले सर्वाधिक ३ विकेट लिएका थिए भने कुसल मल्लले २ तथा धम्मिका प्रसाद , दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान १-१ विकेट लिएका थिए ।

चितवनको लागी करिम जनतले २ तथा भीम शर्किले १ विकेट लिएका थिए ।

इपिएलमा चितवन  र भैरहवासँगै पोखरा राइनोज यसअघि प्लेअफमा पुगिसकेका छन्।

इपिएल अंक तालिकामा चितवन ५ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा भैहरवाको ४ खेलबाट ६ अंक छ।

पोखरा ४ खेलबाट ५ अंक जोड्दै तेस्रो स्थानमा छ। ललितपुर ५ खेलबाट ३ अंक जोड्दै चौथो स्थानमा छ।

काठमाडौं किंग्स ११ तीन खेलबाट २ अंक जोड्दै पाँचौ स्थानमा छ। काठमाडौंले बाँकी दुई मध्ये एक खेलमा अंक जोडे प्लेअफमा स्थान बनाउनेछ। पाँच खेलमा २ अंक जोडेको विराटनगर वारियर्स भने बाहिरिसकेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...