Admission Open

ad place

चितवन टाइगर्सले ललितपुर प्याट्रिओट्सलाई ५ विकेटले हरायो ।

ईपीएलमा लगातार चौथो जितपछि चितवनले ८ अंक जोड्दै शीर्ष स्थानमा आफ्नो नाम पक्का गरेको छ ।

केशब आचार्य,

काठमाडौं, १७ असोज : बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० अन्मातर्गत आइतबार भएको दोस्रो खेलमा चितवनले साविक विजेता ललितपुर प्याट्रिओट्सलाई ५ विकेटले हराएको छ । यो जित सँगै ईपीएलमा चितवनले लगातार चौथो जित हात पारेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनाएको थियो । ललितपुरका लागि जयकिसन कोल्सावाले ३३ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४२ रन बनाएका थिए । सन्दुन विराकोडीले १४ रन बनाएका थिए भने सूर्य तामाङले अविजित ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ललितपुरले दिएको १०९ रनको लक्ष्य चितवनले १७.२ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको थियो । चितवनका लागि मोहम्मद शाहाजादले २८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा सर्वाधिक ३५ रन बनाएका थिए । यस्तै भीम सार्कीले २२ बलमा ३ चौका र १ छक्काको मद्दतमा २७ रनको योगदान गरेका थिए । भीरनदीप सिंहले १३ रन बनाउँदा पहिलो खेल खेलेका खडक बोहरा शून्य र करिम जन्नत १ रनमा आउट भएका थिए। त्यस्तै दिलिप नाथले १६ बलमा अविजित १६ रन बनाएका थिए भने राजेश पुलामी मगर ६ रनमा अविजित रहेका थिए ।

चितवनको जितको लागी कमल ऐरीले ४ ओभरमा  ११ रन मात्र खर्चेदै ३ विकेट लिएका थिए । यस्तै सागर ढकाल र करिम जन्नतले समान २-२ विकेट लिएका थिए ।

लिग चरणको पाँचै खेल खेलिसकेको ललितपुरको भने यो तेस्रो हार हो । ५ खेलबाट ३ अंक जोडेको ललितपुर चौथो स्थानमा छ । तर पाँचौ स्थानको काठमाडौं किंग्स ११ ले अझै २ खेल खेल्न बाँकी रहेकोले एक खेल मात्र जिते पनि ललितपुर लिग चरणबाटै बाहिरिनेछ ।

लगातार चौथो जितपछि चितवनले ८ अंक जोड्दै शीर्ष स्थानमा आफ्नो नाम पक्का गरेको छ । चितवन यसअघि नै प्लेअफ पुगिसकेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...