Admission Open

ad place

ललितपुर प्याट्रियट्स र भैरहवा ग्लेडिएटर्सको खेल बराबर, सुपर ओभर हुन सकेन

काठमाडौं, १४ असोज : बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० अन्मातर्गत बिहीबार भएको दोस्रो खेल ललितपुर प्याट्रियट्स र भैरहवा ग्लेडिएटर्सबिच खेल बराबर मा सकिएको छ । टस हारेर ब्याटिंगको निम्तो पाएको ललितपुरले निर्धारित ओभरमा १७७  रन बनाउँदै ७ विकेट गुमाएको थियो ।

ललितपुरको लागी स्यान्डुन वीराकोडीले पाँच छक्का र दुई चौकाको मद्दतले सर्वाधिका ६८ रन बनाएका थिए ।त्यस्तै  अजमतुल्लाह उमरजाईले ४२, सन्दीप जोराले ३८, ओशादा फर्नान्डोले २० , कुशल भुर्तेलले २ र  योगेंद्र सिंह ऐरीले ७ ( अविजित) रन बनाएका थिए ।

ललितपुरको लागी अविनाश बोहोराले  २ विकेट तथा कृष्ण कार्की, आरिफ शेख र धम्मिका प्रसादले समान १-१ विकेट लिएका थिए ।

१७८ रनको लक्ष्य पाएको  भैरहवा ग्लेडिएटर्सको लागी अविजित रहदै उपुल थरंगाले ६ चौका र ३ छक्काको मद्दतले  सर्वाधिक ६७ रन बनाएका थिए भने आक्रमक ब्याटिंग गरेका कुसल मल्लले १९ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतले ३५ रन बनाएका थिए । त्यस्तै भैरहवाको लागी आरिफ शेखले २८, तमीम इकबालले १४,  क्याप्टेन शरद भेसावकरले अविजित ६ तथा प्रदीप ऐरी र रोहित पौडेलले समान २-२ रनको योगदान गरेका थिए ।

भैरहवाको लागी रिजन ढकाल र अजमतुल्लाह उमरजाईले समान २-२ विकेट लिएका थिए ।

ललितपुरले दिएको १७८ रनको लक्ष्य भैरहवाका शरद भेसावकरले अन्तिम बलमा छक्का हान्दै खेल बराबरीमा रोकेका थिए । स्कोर बराबरी भएपछि सुपर ओभर नभई अंक बाँडिएको छ । समयले रात छुन खोजेसँगै सुपर ओभर हुन नसकेको हो ।

दोस्रो पटक अंक बाँडेको भैरहवा ३ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । बिहीबारै अघिल्लो खेलमा काठमाडौं किंग्स ११ लाई पराजित गरेर चितवन टाइगर्सले पनि २ खेलबाट ४ अंक नै जोडेको छ । तर रनरेटमा भैरहवा अघि छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...