Admission Open

ad place

बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक गतिरोध हटाउनका लागि आह्वान गरेको सर्वदलीय बैठक आज बालुवाटारमा बस्दैछ  ।

बैठक बिहान १०  बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए । सर्वदलीय बैठकमा संसद अवरोध हटाउने लगायतका बिषयमा छलफल हुने बताइएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने पाँच वटा दल सत्ता गठबन्धनमै छन् । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमै छन् ।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सर्वदलीय बैठकमा डाकेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाले १४ सांसदलाई कारबाही नगरेको भन्दै संसद अवरुद्ध गर्दै आएको छ ।
यसअघि पनि सभामुख सापकोटाले प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका थिए । तर, उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन्।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...