Admission Open

ad place

काठमाडौँको कपनबाट हराएका बालक भारतमा फेला, नेपाल ल्याइँदै

 

काठमाडौं : काठमाडौंको कपनबाट हराएका (अपहरित) ४ वर्षीय बालक पीयूष शर्मा भारतमा भेटिएका छन् । उनी भारतमा आफन्तको सम्पर्कमा पुगेको प्रहरीले जानकारी दिएको छ।

सोमबार दिउँसोदेखि हराइरहेका पियूषको अपहरण भएको आशङ्का गरिएको थियो । आमाबाबुसँग कपनमा बस्दै आएका पियुसलाई चिनजानकै मानिस (शङ्कर दास)ले लगेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

पीयुसका बुबा विनोद शर्मा टायलको काम गर्छन् । बुबा आमालाई जानकारी नदिई कपनस्थित चुनिखेल बस्ने भारतीय नागरिक शङ्करले बालकलाई लिएर हिँडेका थिए । बालकलाई काठमाडौं ल्याउने तयारी भएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...