Admission Open

ad place

पछिल्लो २४ घण्टामा थपिए १ हजार १५८ जना कोरोना संक्रमित, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा एक हजार १५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार सोहि अवधिमा ११ हजार ६७२ पीसीआर परीक्षणमा ९०४ जना र दुई हजार ३३१ एन्टिजेन परीक्षणमा २५४ जनामा संक्रमण भेटिएको हो । कोरोना संक्रमणका कारण एक दिनमा १२ जनाको मृत्यु भएको छ । यसैगरी कोभिड १९ संक्रमण जित्नेको संख्या भने एक हजार ३१८ रहेको पनि मन्त्रालयले जनाएको छ ।

हाल देशभरमा १८ हजार ४२२ जना सक्रिय संक्रमित छन् । आज काठमाडौंमा २७० जना संक्रमित थपिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...