Admission Open

ad place

विराटनगरका लागि उडेकाे जहाज अवतरण हुन सकेन, काठमाडौंकाे आकाशमै होल्डीङ

काठमाडौं : बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ ।

आइतबार बिहान विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएपछि जहाज काठमाडौं फर्किएको हो । जहाजको ल्याण्डिङ गियरमा समस्या भएको बताइएको छ ।

त्रिभुवन विमानस्थल स्रोतलेका अनुसार काठमाडौं फर्किएपछि पनि जहाज ल्याण्ड हुन सकेको छैन । अहिले जहाज काठमाडौंकै आकाशमा होल्ड भएको छ ।

जहाजले फ्युल बर्न गरिरहेको र ल्यान्डिङ गियर भेरिफाई गर्ने काम भइरहेको त्रिभुवन विमानस्थल स्राेतले बताएकाे छ । ल्यान्डिङ गियर एउटा आधा मात्र देखिएको जानकारी गराउँदै स्राेतले भन्याे समस्या भयो भने इमर्जेन्सी ल्यान्डिङ गराउने तयारीमा छौँ ।-नेपाल फेसबाट

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...