
कुमार गजुरेल एण्ड टीमको प्रस्तुतिमा “सास” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। कुमार गजुरेल, मोहन चाम्लिङ, सृष्टि भट्टराई, सजना अधिकारी, बिशाल पुलामी, र प्रेम प्रकाश केसि लगायतका कलाकारहरुको अभिनय रहेको उक्त गीतलाई राजिब बलामिले निर्देशन गरेका हुन।
गायक मनोज राज शिवाकोटीको आवाज मनोज चौलागाईंको म्युजिक एरेञ्ज, तथा कुमार गजुरेल स्वयमको शब्द रहेको उक्त गीतमा जीन्दगीको उतार चडाव अनि बदलिँदो शहरीकरणमा रहने उकुसमुकुसलाई गीतको मुख्य बिषय वस्तुको रुपमा प्रस्तुत गरिएको पाइन्छ।
रमा राईको फाइट डीरेक्सन रहेको उक्त गीतमा फाईट, डान्स, रोमान्सको सामञ्जस्यता देख्न पाइन्छ। पुरुषोत्तम कडेलको सम्पादन निरज भुषालको छायांकन तथा गीरी बिश्वकर्माको सह-निर्देशनमा रहेको उक्त गीत kumar gajurel युटुब च्यानलमा सार्बजनिक गरिएको छ।
video link