Admission Open

ad place

स्प्राइटको प्रोमोशनल अभियान: ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’


काठमाडौं : लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले “स्क्रिन टाइम प्रमोशनल अभियान” “चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ” शीर्षकको साथ सुरूवात गरेको छ ।

यस अभियानको उद्येश्य भनेको धेरै भन्दा धेरै उपभोक्ताहरु सम्म पहुँच पुर्याउनु र उनीहरुलाई रिफ्रेस गर्नु हो । यस अभियान अन्तर्गत उपभोक्ताहरुले एउटा बजाज पल्सर १२५ सीसी, एउटा सामसङ ४३ इन्चको टेलिभिजन र ५ वटा सामसङ एफ २२ मोबाइल हरेक हप्ता जित्ने मौका पाउँनेछन् । त्यसै गरी, दैनिक लक्की ड्र अन्तर्गत ५ जना भाग्यशाली सहभागीहरुले हरेक दिन एउटा सामसङ मोबाइल एफ २२ जित्ने मौका पाउने बताइएको छ ।

अफरमा सहभागी हुन उपभोक्ताले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ वा सीधै www.sprite.com.np मा लग इन गर्नुपर्नेछ । त्यसपछि उनीहरुले आफ्नो मोबाइल नम्बर सहित लेबल पछाडि रहेको सिरियल नम्बरलाई इन्टर गर्नुपर्नेछ । वैकल्पिक रूपमा, सहभागीहरुले आफ्नो पूरा नाम सहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरलाई एसएमएस गर्न सक्नेछन् । यो योजना भाद्र ३०, २०७८ मा शुरू भएको थियो र कार्तिक १८, २०७८ सम्म लागु हुनेछ। यो अफर ५०० मिलिलिटरको स्प्राइटको पीईटी प्याक, १ लिटर, १.५लिटर र २.२५ लिटर किन्दा लागु हुनेछ । यस अफर समावेश नभएका बोतलहरु पनि बजारमा उपलब्ध छ । नियम र शर्तहरुका विवरण स्प्राइटकोे आधिकारिक वेभसाइटबाट जानकारी लिन सकिनेछ ।

यो प्रमोशन स्प्राइटको “क्लियर रह”अभियान को हिस्सा हो जसको उद्देश्य भनेको युवाहरूलाई स्प्राइटकोे साथमा आफ्नो दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो । यस प्रमोशनमा स्प्राइटका ब्राण्ड एम्बासाडर अनमोल के.सी.लाई छायांकन गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...