काठमाडौँ : अभिनेत्री एंव मोडल अनामिका चौलागाईं अब गायिका भएकी छिन् । विभिन्न चलचित्रसहित म्युजिक भिडियोकी मोडल अनामिका चौलागाईंले माया गर्ने मान्छेले कहिले काँही रिसाउन नि पाउँछ, बोलको गीत बजारमा ल्याएकी हुन् ।
गीतको शब्द शान्तिप्रियको रहेको छ । गीतको संगीत राम सिटौलाले गरेका हुन् भने एरेञ्ज राजेन्द्र बजगाईंले गरेका हून् । गीतको भिडियो पनि तयार पारिएको छ । भिडियोमा गायिका अनामिका चौलागाईं नै फिचरिङ छिन् । श्रृंगार भने पवित्रा भट्टराईको रहको छ । भिडियो गोविन्द अञ्जानले छायांकन गरेका हुन् भने रंग संयोजन एवं सम्पादन बिनोद बमले गरेका हुन् । भिडियोमा क्यामरा असिस्टेनको रुपमा राममणी ढकाल छन् भने प्रोडक्सन दीपक थापाले हेरेका हुन् । भिडियोको निर्देशन गीतकार स्वयं शान्तिप्रियले गरेका छन् । छायांछवि क्रियशनले भिडियो निमार्ण गरेको हो । सीसी नेपाल युट्युब च्यानलबाट गीत रिलिज गरिएको हो ।