चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडाैं : सरकारले चीनबाट खरिद गरेको ४४ लाख डाेज भेरोसेल खोप नेपाल आइपुगेको छ ।

विमानस्थल स्रोतका अनुसार शुक्रबार दिउँसो २ बजे नेपाल एयरलाइन्सको जहाज खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हाे ।

निगमको वाइडबडी-३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...