काठमाडौँ : सभामुख अग्नि सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक सुरू भएको छ । संसदमा जारी गतिरोध अन्त्यका लागि सहमति जुटाउने प्रयासस्वरुप बस्न लागेको सर्वदलीय बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लोत्से हलमा शुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीबाट माधव नेपाल, जसपाबाट उपेन्द्र यादव, लोसपाबाट महन्त ठाकुर, नेमकिपाबाट प्रेम सुवाल, जनमोर्चाबाट दुर्गा पौडेल, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन् । प्रतिपक्षी एमालेले भने बहिष्कार गरेको जनाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताएका छन् ।