Admission Open

ad place

रोजगारीका लगि इजरायल जान चाहने नेपालीहरुको लागि आज भाषा परीक्षा हुँदै

काठमाडौं : इजरायलको रोजगारीमा जान चाहने नेपालीहरुको लागि आज १ बजे भाषा परीक्षा हुँदैछ । काठमाडौंका ११ स्थानका १६ वटा परीक्षा केन्द्रबाट ७ हजार परीक्षार्थीले भाषा परीक्षा दिँदैछन् । इजरायलले नेपालबाट एक हजार कामदार लैजाने तयारी गरे अनुसार आज भाषा परीक्षा हुन लागेको हो ।

भाषा परीक्षामा ३ हजार ७२७ पुरुष र ३ हजार २८२ महिला रहने वैदेशिक रोजगार विभागले जनाएको छ । परीक्षाका लागि ९ हजारले आवेदन दिएपनि २ हजार बढी आवेदन मापदण्ड नपुगेकोले अस्वीकृत भएको पनि विभागले जनाएको छ ।

साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन दिएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको थियो।

विभागका अनुसार आजको लिखित परीक्षा पास गरेपछि विभागले मौखिक गर्छ । अंग्रेजी भाषाको परीक्षा ८० पूर्णाङ्कको हुनेछ भने २० पूर्णाङ्कको अन्तर्वार्ता अर्थात् मौखिक हुन्छ । पास हुनको लागि ८० पूर्णाङ्कमा ५० प्रतिशत ल्याउनु पर्छ अर्थात् ४० नम्बर ल्याउनु पर्ने हुन्छ ।

विभागले उक्त परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमा स्वतन्त्र, निष्पक्ष र मर्यादित ढंगले संचालन हुने र रिजल्ट दुईदिन भित्रै निकालिने जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...