गण्डकी, २७ भदौ : पोखरामा आज प्रकृति रिसोर्सेस सेन्टरद्वारा आयोजित कार्यक्रममा जीवन पद्धतिलाई विद्युतीकरणमा जोड्दै अघि बढ्नु पर्ने आवश्यकता औल्याइएको छ । कार्यक्रममा वक्ताहरुले बढ्दो जववायु परिवर्तनको असरसंग बढिरहेको यातायात, तथा खाना पकाउने कार्यले कार्वनडाई अक्साईडको मात्रा बढ्दै गएको भन्दै यसको नूनिकरणका लागि विद्युतीकरणको आवश्यक भएको बताए ।
विद्युत उत्पादनसंग यसको मानव जीवनका हरेक पक्षमा उपयोग हुने गरि खपतको वातावरण तयार गर्नुपर्ने बताउँदै बक्ताहरुले नविकरणीय उर्जाको माध्यमबाट विद्युतीकरणलाई थप सहज र सरल बनाउन सकिनेमा बक्ताहरुको जोड थियो ।हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायुपरिवर्तन अनुकुलनका लागि विद्युतीय उपकरणहरुको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै उनीहरुको ठूला विद्युत योजनासंगै हावा, सौर्य लगायत वायोग्यास जस्ता नविकरणीय उर्जामा जोड दिनुपर्ने सामुहिक धारणा रहेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिहरण आचार्यले नविकरणीय उर्जाका दृष्टिले अग्रहणी स्थानमा रहेको गण्डकी प्रदेशमा सरकारले गण्डकी प्रदेश उज्यालो प्रदेश अभियानलाई सञ्चालन गरि रहेको् बताउनुभयो ।प्रदेशका हरेक सर्वसाधारणको पहुँचमा विद्युतीकरण पुग्ने गरि व्यवस्था गर्न लागिएको बताउँदै उहाँले नविकरणीय उर्जाको सम्भावनालाई उजागर गर्न सरकार निजी क्षेत्रसंग सहकार्य गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो ।
सहरीकरण एवम् वस्ती विकाससंगै चुनौतिको रुपमा थुप्रिएको फोहोरलाई उपयोग गरि उर्जा निकाल्न सकिने भएपनि त्यसतर्पm ध्यान पु¥याउन नसकिएको चर्चा गर्दै मन्त्री आचार्यले फोहोरलाई नविकरणीय उर्जाका माध्यमबाट मोहोर बनाउनेतर्फ सरोकारवालाको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।उहाँले भन्नुभयो ः–प्रदेश सरकारले उत्पादित विद्युतलाई खपत गर्दै औद्योगिकरण लगायतमा जोड दिने नीति बनाउने तयारी गरिरहेको छ । लिप्mिटङ खानेपानीसंगै सिंचाईमा समेत विद्युतको प्रयोग बढाउँदै सम्पन्नताको आधार बढाउनु पर्ने उल्लेख गर्दै उहाँले विद्युतीकरण हाम्रो जीवन सहज एवम् सरल बनाउने प्रमुख आधार भएको धारणा राख्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य सरिता गुरुङले परम्परागत दाउराको प्रयोगबाट खाना पकाउने प्रचलनले गृहिणीको स्वास्थ्यमा समेत असर परेको अवस्थालाई दृष्टिगत गर्दै विद्युतीय सामाग्रीको प्रयोगलाई जोड दिनुपर्ने बताउनुभयो ।प्रदेश निती तथा योजना आयोगका सदस्य डा.सुभाष अधिकारीले विश्वव्यापी रप्मा पैmलिएको कोभिड भन्दा पनि जलवायु परिवर्तन खतरा भएको बताउँदै यसको न्यूनिकरणका लागि विश्व नै जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
नेपाल सरकार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकालले नविकरणीय ऊर्जा उत्पादन र खपतमा प्रदेश सरकारलाई सहयोग गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजित गरिएको जानकारी दिनुभयो ।कार्यक्रममा गण्डकी प्रदेश ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामकुमार श्रेष्ठ, उज्यालो गण्डकी प्रदेश महाशाखा प्रमुख हरिदत्त पौडेल, वायु प्रदूषण र यातायात विज्ञ प्रशान्त खनाल, शोभा महर्जन, गण्डकी प्रदेश नविकरणीय ऊर्जाका कुसल गुरुङ,जीवन अर्याल लगायतले नविकरणीय ऊर्जाको प्रचुर सम्भावना बोकेको गण्डकी प्रदेशले विद्युतीय सामाग्रीको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।