
काठमाडौं, २७ भदौ : सुदुर पश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्य स्थित ल्याक्सिङटन शहरमा रहेका सुदुर पश्चिमका नेपालीहरु एकिकृत भएका छन् ।
गौरा पर्वको अबसर पारेर ल्याक्सिङटमा भएका सुदुर पश्चिमका नेपालीहरुले यो समाज गठन गरेका हुन् ।
श्रष्टा उद्धबराज उप्रेतीको अध्यक्षमा गठित सुदुर पश्चिम समाज ल्याक्सिनटनको उपाध्यक्षमा चुडामणि अबस्थि, महिला उपाध्यक्षमा रेखा जोशी, सचिबमा मानबहादुर शाह (मानव), सह सचिबमा गोविन्द अबस्थि, कोषाध्यक्षमा विनोद पन्त रहेका छन् ।
यस्तै सो समाजको कार्यसमिति सदस्यहरुमा प्रकाश पाण्डेय, निराजन चौधरी, अर्चना शाही, प्रकाश थापा, त्रिलोक सिंह ऐर, टेक प्रसाद न्यौपाने र विवेक ढकाल रहेका छन् ।


