Admission Open

संसदमा सभामुखको भूमिकाबारे छलफल गर्न एमाले संसदीय दलको बैठक आव्हान

काठमाडौं, २७ भदौ : संसदमा सभामुखको भूमिकाबारे गम्भीर छलफल गर्न भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज आइतबार मध्यान्ह १२ बजे संसदीय दलको बैठक आव्हान गरेको छ ।

स्रोतका अनुसार बैठकमा आइतबार १ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भनेर छलफल हुने बताइएको छ। सभामुख अग्नि सापकोटाको भूमिका र एमालेले कारबाही गरेको १३ सांसद बैठकमा सहभागी भएको भन्दै आक्रोशित बनेको एमालेले आइतबारको बैठकका लागि थप रणनीति बनाउने बुझिएको छ।

गत भदौ २३ गते बुधबारबाट सुरु भएको संसद अधिवेशनमा निरन्तर अवरोध गर्दै आएको एमालेले संसद अवरुद्धको रणनीतिलाई केही परिमार्जन गरि यथावत राख्ने स्रोतको भनाइ छ।

एमाले नेताका अनुसार बैठकमा सभामुख सापकोटाले एमाले विभाजनको निम्ति खेलेको भूमिका र संसदमा देखाएको व्यवहारको पनि गम्भीर समीक्षा हुने बताइएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...