Admission Open

चन्द्रपुरी गढीको पुनःनिर्माण   

 

तनहुँ : पहाडकी रानी उपनामले परिचित बन्दीपुर गाउँपालिका–५ स्थित चन्द्रपुरी गढी संरक्षणको अभावमा अलपत्र बन्दै गएपछि संरक्षण गरिएको छ । गाउँपालिकाको रु पाँच लाख लागतमा गढीको पुनःनिर्माण गरी संरक्षण गरिएको हो ।

बाइसे–चौबीसे राज्यका पालामा रहेको गढी लामो समयदेखि भग्नावशेषका रूपमा रहेकाले पुनःनिर्माण गरी संरक्षण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो । दरबारमा ढाल, खुँडा, तरबार हराउँदै गएकाले गाउँपालिकाले त्यसको संरक्षण गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्य राखेको छ । चन्द्रकोट गढीको इतिहासको खोजी गरी पर्यटकीयस्थलका रूपमा प्रचारप्रसार गर्न आवश्यक देखिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।

गाउँपालिकाले गढीसम्म पुग्ने पैदलमार्ग निर्माण गरेर सहजरूपमा आवतजावतको व्यवस्था मिलाउन लागेको छ । गढी पुरातात्विक महत्व बोकेको स्थान भएकाले पुनःनिर्माण गरी संरक्षण गरिएको गाउँपालिकाले जनाएको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि केही समयअघि कार्यपालिकाको ९०औँ मोबाइल बैठक सोही स्थानमा राखिएको अध्यक्ष थापाले बताउनुभयो ।

त्यसैगरी गाउँपालिकाले गाउँपालिकाभित्रका पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम तथा कार्यपालिकाको बैठक राख्दै आएको छ । त्यसैगरी वडा नं २ स्थित थानीमाई मन्दिरबाट सुरु गरी मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करिब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ ।

गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरेर चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनीग्रेटवालमा पर्यटकको आर्कषण बन्दै गएको हो । प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माणपछि पर्यटकको आगमनमा वृद्धि हुँदै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...