Admission Open

नेपालको विकासमा सहयोग गर्न भारतीय नेताहरुसंग अध्यक्ष ढकालको आग्रह


काठमाण्डौ : गत शूक्रबार भारत भ्रमणमा गएका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल चार दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । अध्यक्ष ढकाल भारतमा रहदाँ भारतका विभिन्न राजनैतिक नेताहरु तथा सरकारका उच्च ओहोदाका व्यक्तित्वहरुसँग भेटि नेपालको विकासमा सहयोग गर्न आग्रह गरेका छन् ।  अध्यक्ष ढकालले नेताहरु संगको संवादमा नेपालको संबेदनशिलतालार्इ मनन गरि एक असल र विशाल छिमेकीको रुपमा भारतको थप सहयोग र सदभाब नेपालको अपेक्षा गरेको बताउँदै पछिल्लो समय कोभिड –१९ बिरुद्धको नेपालको लडाईँमा सहयोग गरेकोमा भारतीय सरकार तथा जनताप्रति आभार ब्यक्त गरेका छन् ।

पूर्वमन्त्री ढकालले सार्कलाई क्रियाशील गर्नु पर्ने, क्षेत्रीय शान्ति, सुरक्षा र विकासका लागि उच्च स्तरीय समझदारी हुनुपर्ने लगाएतका धारणाहरु राख्नु भएको ढकालको सचिवालयले जनाएको छ । भेटमा भारतीय नेताहरुले नेपालसँगको मित्रता अतुलनीय रहेको भन्दै एक–अर्काका संवेदनशिलतालाई बुझी मित्रता थप प्रगाड बनाउनु पर्ने बताएका थिए । अध्यक्ष ढकालले पूर्व उप–राष्ट्रपति हमिद अन्सारी, भारत सरकारका कानुन तथा न्याय केन्द्रीय मन्त्री कीरेन रिजिजु, परराष्ट्र राज्य मन्त्री डा राजकुमार रंजन सिंह, केन्द्रीय राज्यमन्त्री रामेश्वर तेली, बिजेपिका पूर्व महासचिव तथा आरएसएसका राष्ट्रिय कार्यकारिणी राम मानव, कांग्रेस नेता मनिशंकर एयर, बिजेपी नेता बिजय जोली, सांसद भुवनेश्वर कालिता, आम आदमी पाटिका बिधायक अजय दत्त लगाएतका नेताहरुसंग छुट्टा छुट्टै छलफल गरेको भ्रमणमा सहभागी भएको परिवार दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । नेता ढकालको भ्रमणले दुई मित्रराष्ट्रका नागरिक बिचको सम्बन्ध थप मजबुत बनाउन सफल रहेको ढकालको सचिवालयले जनाएको छ ।

अध्यक्ष ढकालले  इडिन्या इन्टरनेश्नल सेन्टर, दिल्लीमा आयोजित “इन्डो–प्यासिफिक क्षेत्रको शान्ति र  बिकासका चुनौती“ बिषयक अन्तरक्रियामा बोल्दै दक्षिण तथा पूर्वी एशियामा विकसित घटनाक्रमको बारेमा गम्भीर विश्लेषण आवस्यक रहेको बताए । उनले म्यान्मारमा नागरिक सरकारको पुनर्बहाली गर्न तथा अफगानिस्तानमा शान्ति र मेलमिलापको खातिर सार्कलार्इ क्रियाशील बनाउनुको साथै भारतले विशेष भूमिका खेल्नु पर्ने धारणा राखे ।  ढकालले क्षेत्रीय शान्ति र विकासका लागि सरकार, नागरिक समाज र निजी क्षेत्रको भरपर्दो सहकार्यमा जोड दिनुपर्ने बताए ।  सोही कार्यक्रममा पूर्वमन्त्री मनीशंकर एयरले नेपाल लगाएत छिमेकी मित्रराष्ट्रप्रति भारतको पछिल्लो नीति मित्रता र विश्वाश अभिबृद्धि गर्न असफल रहेको बताए ।  बिजेपी नेता तथा सांसद भुवनेश्वर कलिता, म्यानमार र अफगानिस्तानका लागि पूर्व भारतीय राजदुत गौतम मुखोपड्याय र राजिव भटिया, दिल्लीका बिधायक अजय दत्त, परराष्ट्र विज्ञ प्रोफेशर महेन्द्र पी लामा, पूर्व राजदुतहरु  योगेन्द्र कुमार तथा केभी राजन, पूर्व मेजर जेनेरल अशोक मेहता लगाएतले आ–आफ्नो धारणा राखेका थिए ।

युपिएफ र आइआइपिपि बीच सम्झौतामा हस्ताक्षर

यसै बीच अध्यक्ष ढकालको भारत भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदमा आवद्धता प्राप्त सस्था युनिभर्सल पीस फेडेरेसन  र  इन्डियन इन्स्टिच्युट अफ पब्लिक पोलिसीका बिचमा विज्ञ समूह २०२२ लक्ष्य प्राप्तिका लागि एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । युनिभर्सल पीस फेडेरेसन एशिया प्रशान्त क्षेत्रका अध्यक्षसमेत रहेका ढकाल तथा इन्डियन इन्स्टिच्युट अफ पब्लिक पोलिसीकाका संस्थापक निर्देशक श्री केसी. सुन्दरमका बिचमा  विज्ञ समूह २०२२ को लक्ष्यलाई समर्थन गर्ने सहमतीपत्रमा सेम्टेम्बर ५ मा  हस्ताक्षर भएको हो । दुवै हस्ताक्षरकर्ताहरूले एशिया प्रशान्त क्षेत्र तथा विश्वमा शान्ति, सुरक्षा तथा विकासको कार्यलाई बढावा दिने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । एशिया प्रशान्त क्षेत्र तथा विश्वमा शान्ति तथा समझदारीलाई बढावा दिन दुई संगठनहरूका बिचमा सहकार्य  गर्ने तथा  बिद्धता आदान प्रदान गर्ने प्रतिबद्दता समजदारी हस्ताक्षर कार्यक्रममा ब्यक्त गरियो । सोही अवसरमा भारत सरकारका बिदेश राज्य मन्त्री मानानीय डा. राज कुमार रन्जन ,राज्य सभाको सान्सद मानानीय भुबनेश्वोर कालिता ,नेपालका लागि पूर्व भारतीय राजदूत के. भि. राजन्, भारतीय जनता पार्ट्रीका नेता बिजय जोली, सुरक्षा विज्ञ प्रा. डा. महेन्द्र लामा लगायत बिशिस्ट ब्यक्तित्वहरुको रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...