काठमाडौं : कोरोना भाइरसको संक्रमण थप १ हजार ८९ जना व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा सात हजार ९७१ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण देखिएको हो । सक्रिय संक्रमित ३१ हजार २४८ रहेका छन् ।
एक हजार ५३४ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म ७ लाख २७ हजार १८५ व्यक्ति संक्रमणमुक्त भई घर फर्किएका हुन् । निको हुने दर ९४.५ प्रतिशत पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २० जनाको संक्रमणबाट निधन भएको छ । अहिलेसम्म १० हजार ८३८ जनाको संक्रमणबाट ज्यान गएको छ । त्यस्तै ५२३ जना सघन उपचार कक्षमा, १६२ भेन्टिलेटर, २९ हजार ८१ होम आइसोलेशन, दुई हजार १६८ संस्थागत आइसोलेशन र २६६ जना क्वारेन्टिनमा रहेका छन् ।