Admission Open

कुमारी पार्टीमा खुल्यो पियोर स्टाइलिस्ट ब्युटी होम, बरिष्ठ ब्युटिसियन सोनीद्वारा उद्घाटन


काठमाडौं, १९ भदौ : पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर नयाँ आउटलेटका साथ ललितपुरको कुमारी पाटीमा खोलिएको छ । यो पार्लर यसअघि ललितपुरको नटोलमा रहेको थियो । यो नयाँ आउटलेटलाई चर्चित ब्युटिसियन रिना अवालेले स्थापना गरेकी हुन् ।
बरिष्ट ब्युटिसियन सोनी कारंजितले शनिबार मध्यान्नमा पाटनको कुमारीपार्टीमा खुलेको नयाँ आउटलेट पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको रिवन काटेर उद्घाटन गरिन् ।

बरिष्ट ब्युटिसियन सोनी कारँजितले उद्घाटनका क्रममा रिना यस अघिको पार्लरभन्दा अहिलेको पार्लर सुविधा सम्पन्न भएको भन्दै यसले कस्टमरलाई अझ बढी सुविधा दिने बताईन् । रिना आफैंमा सफल र प्रतिभाशाली ब्युटिसियन भएकाले यो पार्लरको अन्य शाखा पनि खुलोस भन्दै उनले सफलताको शुभकामना व्यक्त गरिन् ।

रिना बिगत लामो समयदेखि हेयर स्टाईलिस्ट र ब्युटिसियनको रुपमा लोकप्रिय छिन् । यो नयाँ ब्युटी होमको स्थापनाको १० औं वार्षिक उत्सबको अवसर पारेर ललितपुरको कुमारीपाटीमा खोलेको उनले बताईन् । अहिलेको पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर सबैकुराले सुविधा सम्पन्न रहेको पनि उनले बताईन् । अबै सबैलाई ब्युटीसम्बन्धी सेवा र ब्युटिसियनसम्बन्धी, बेसिक, एड्भान्स, डिप्लोमा तालिमा लिन यही पार्लमा पनि उनले अनुरोध गरिन् ।

यस्तै बरिष्ट ब्युटिसियन रुस्का श्रेष्ठले पानसमा बक्ति बालेर पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको शुभारम्भ भएको घोषणा गरिन् । ब्युटिसियन रिना अवाले ब्युटी क्षेत्रमा आफ्नो विद्यार्थी रहेको र विद्यार्थीले यति भव्य र सुविधा सम्पन्न पार्लर खोलेर प्रगति गर्दा आफुलाई साह्रै खुसी लागेको रुस्काले बताईन् ।

सो उद्घाटन समारोहमा अग्रज ब्युटिसियनहरु रचना महर्जन शाक्य, रेणु रानामगरले पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर र सो पार्लरकी अध्यक्ष रिना अवालेलाई सफलताको शुभकामना दिए । सो उद्घाटनपछि पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरबाट तर्फबाट केही व्यक्तलाई सम्मान गरिएको थियो । पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरका सहयोगी, विज्ञापनदातालाई मायाको चिनो प्रदान गरिएको थियो । सोही क्रममा १०औं वर्षको अवसर पारेर केक काटेर पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको सफलता सेलिब्रेसन गरियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...