Admission Open

आइडिया पिचिङ प्रतियोगितामा भाग लिन आग्रह

काठमाडौँ  : बोटलर्स नेपाल (तराई) लिमिटेड (नेपालमा कोका-कोला कम्पनीको आधिकारिक बोटलिङ साझेदार) ले नेपाल युवा परिषद (नेपाल युथ काउन्सिल) सँगको सहकार्यमा नविन प्रतियोगिताको लागि सीड फन्डीङ प्रदान गर्ने भएको छ ।

यो प्रतियोगिताले प्रत्येक प्रदेशबाट आउने उत्कृष्ट विचारहरुलाई यसको सामाजिक पहल ‘युथ इन्गेज्मेन्ट इन क्लाइमेट एक्सन इनिसिएटिभ’ अन्तर्गत पुरस्कार प्रदान गर्ने आयोजकले जनाइउको छ । सेप्टेम्बर ७, २०२१ मा भाग लिने अन्तिम मिति नजिकिंदै जाँदा, कोका-कोला र नेपाल युवा परिषदले नेपालभरीका युवाहरुलाई प्रतियोगितामा भाग लिनको लागि आमन्त्रित गरेको हो । सर्ट लिस्टेड प्रोजेक्ट (सूचीकृत परियोजनाहरु) घोषित गरिनेछ जुन सेप्टेम्बर २१, २०२१ मा आयोजना हुनेछ । इच्छुक युवाहरुले http://nyc.nepalyouthcouncil@gmail.com मा ईमेल पठाएर वा https://bit.ly/3ADafA8 मा गएर फर्म भरेर आफ्नो विचारहरु पेश गर्न सक्ने आयोजकले जनाएको छ ।

कोका-कोलाले २०१८ देखि नेपाल युवा परिषदसंग नेतृत्व, उद्यमशीलता, नेटवर्किङ र व्यक्तित्व विकाससम्बन्धी प्रान्तीय सम्मेलन र युवा संलग्नता कार्यक्रमको आयोजना गर्नको लागि सहकार्य गर्दै आइरहेको छ । यस प्रकारको पहल र युवाहरुको सहभागितालाई प्रोत्साहित गर्न समर्थनको उद्देश्यसँगै यस वर्ष बोटलर्स नेपाल (तराई) लिमिटेड र नेपाल युवा परिषदले जलवायु परिवर्तनलाई सम्बोधन गर्दै सँगै कार्य गर्दै आइरहेको छ ।

सीड फन्डींङ कार्यक्रम बोटलर्स नेपाल (तराई) द्वारा प्रायोजित रहेको छ  । जसलाई प्लान इन्टरनेशनल, डब्ल्यूडब्ल्यूएफ नेपाल, मेरी स्टाप्स, एनआरईएन, ग्रेस इन्टरनेशनल, टेक्सस इन्टरनेशनल कलेज, एडुसञ्जाल र खल्तीको विशेष सहयोगसँगै प्रान्तीय र स्थानीय सरकारको सहयोगमा चयनित विचारहरुको लागि अगाडि बढाइने आयोजकको भनाइ छ । अधिक जानकारीको लागि इच्छुक उम्मेदवारहरुले नेपाल युवा परिषदको फेसबुक पेजलाई फलो गरेर हेर्न सक्नेछन्  ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...