काठमाडौँ : तेह्रथुम पावर कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिन पाउने आज अन्तिम दिन हो । एनआईविएल एस क्यापिटलका अनुसार आईतबारसम्म २३ लाखभन्दा बढीले आवेदन दिईसकेका छन् । यो माग गरिएको भन्दा ४२ गुणा बढी आवेदन हो ।
कम्पनीले रु एक सय अङ्कितका दरले ८ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेका सात लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो ।