Admission Open

गौरा पर्वको उपलक्ष्यमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाडौं १४ भदौ : सुदूरपश्चिम र कर्णालीवासीले आज गौरा पर्व भव्य रुपमा मनाउँदैछन् । गौरा पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गर्नुभएको छ ।

भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म मनाईने गौरा पर्व नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइन्छ । यो पर्वमा व्रतालु महिलाहरू गौराघरमा गई शिव र गौरीको पूजा–अर्चना गर्दै पाँच प्रकारका अन्नको मिश्रणबाट बनेको ‘बिरूडा’ लाई प्रसादका रूपमा ग्रहण गरी रमाइलो गर्ने प्रचलन रहेको छ । यस चाडमा व्रत बसी शिव र गौरीको पूजा गर्नाले सुख, शान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहेको छ ।

राष्ट्रपति भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नु भएको छ।

राष्ट्रपति अगाडि भन्नु भयो, लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याउँदै आएको छ ।

उनले कोभिड–१९ को संक्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउनसमेत सबैलाई आग्रह गर्नु भएको छ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गर्दै भन्नुभयो, नेपालका मौलिक पर्वले विभिन्न जातजाति, क्षेत्र र समुदायलाई एकसूत्रमा बाँध्दै आएको छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...