Admission Open

लगातारको वर्षाले बाढीपहिरोका घटना बढ्न थालेपछि गृह मन्त्रालयद्वारा सबैलाई सतर्क रहन आग्रह

काठमाडौं : नेपालका अधिकांश भूभागमा मौसमी वायुका कारण लगातार वर्षा भईरहेकोले देशका विभिन्न ठाउँमा बाढीपहिरोका घटना बढ्न थालेका छन् । यसरी लगातारको वर्षाले अझबढी क्षति गर्ने सम्भावना बढेसँगै गृह मन्त्रालयले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, सोमबार देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारीरधेरै भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी, मंगलबार देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

यसैबीच देशभर बढेको वर्षाका कारण बाढीपहिरोका घटना बढ्न थालेको गृह मन्त्रालय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ। यस समयमा सबै नागरिकहरुलाई सतर्क रहनसमेत आग्रह गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...