Admission Open

नेपालमा मनसुनी वायुको प्रभाव : विभिन्न स्थानमा भारी वर्षको सम्भावना


काठमाडौं : नेपालमा मनसुनको न्यून चापीय रेखा तराई भू-भाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव रहेकोले  सामान्यदेखि पूर्ण बदली रहेकोले सबै प्रदेशका केहीकेही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारीरधेरै भारी र बाँकी प्रदेशका एक(दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भोलि देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...