Admission Open

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७।६० अंकले बढेर तीन हजार ९४।०५ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।४० विन्दुले बढेर ५७१।३९ मा पुगेको छ । नेप्सेले उचाइ प्राप्त गरे पनि कारोबार रकम भने उल्लेख्य वृद्धि भएन । कूल २३२ कम्पनीको दुई करोड १६ लाख ९० हजार ५८५ कित्ता शेयर रु १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार साताको अन्तिम दिनको कारोबारका आधारमा रु ४३ खर्ब २३ अर्ब ती लाख २७ हजार ६२२ बराबरको बजार पूँजीकरण पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ११।५१, विकास बैंक २४१।६५, जलविद्युत् १६९।३७, वित्त १२०।२२ र लघुवित्त ३७।५७ विन्दुले उकालो लाग्यो । यस्तै बैंकिङ ७।५९, व्यापार ११।३९, निर्जीवन बीमा ५२।७४, उत्पादन २७।२९, अन्य ६, जीवन बीमा १५४।६४, सामूहिक लगानी कोष ०।०५ र लगानी ०।०९ विन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ९३ करोड ८४ लाख ४० हजार ९०० बराबरको कारोबार भयो । यस्तै अरुण काबेली पावर रु ४५ करोड ६ लाख ७१ हजार ८४७, रिडी हाइड्रोपावर रु ३४ करोड ५६ लाख ३० हजार ३५७, महालक्ष्मी विकास बैंक रु ३१ करोड ७५ लाख ९२ हजार ९४० र कामना सेवा विकास बैंक रु २९ करोड ९५ हजार ३३ हजार ८६४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...