Admission Open

बढ्यो कोरोना संक्रमितको संख्या, आज फेरि थपिए २ हजार ४८२

काठमाडौं, ९ भदौ : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने संक्रमणका कारण ४४ को ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षण गर्दा १ हजार ८६२, र ५ हजार ५७९ एन्टिजेन परीक्षण गर्दा ६२० जना गरी जम्मा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ७८१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

भदौ ९ गते थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५२ हजार ८६३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ भने ७ लाख ३ हजार ९६४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ जना रहेका छन् । जसमध्ये ३५ हजार २५० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६१० जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ६० जना कोरोना संक्रमित थपिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...