Admission Open

ad place

भदौ ९ गतेबाट तेह्रथुम पावरको आईपीओ बिक्री खुला

काठमाडौँ : तेह्रथुम पावर कम्पनी लिमिटेडले यही भदौ ९ गतेबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्न लागेको हो । कम्पनीको उक्त आईपीओमा भदौ ९ गतेबाट १३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले जम्मा ८ लाख कित्ताबाट ५ प्रतिशत सामुहिक लगानी कोषका लागि र २ प्रतिशत कर्मचारीका लागि छुट्याएपछिको बाँकी कित्ता सर्वसाधारणका लागि खुलाएको हो ।


कम्पनीको उक्त आईपीओमा सर्वसाधारणले बढीमा ६० हजार कित्तादेखि घटीमा १० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओलाई ईक्रा नेपालले बीबी माईनस रेटिङ प्रदान गरेको छ ।
तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लामा ७.५ मेघावाट क्षमताको जलबिद्युत आयोजनाबाट बिजुली उत्पादन गर्नेछ ।

कम्पनीले तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री गरिसकेको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेकोछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...