Admission Open

ad place

२,२४८ जना कोरोना संक्रमणमुक्त, १९२० जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख २७ हजार ६४२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २४८ जना निको भएर घर फर्किएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २४ संक्रमितको मृत्यु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...