Admission Open

जापानबाट नेपाल आईपुग्यो अष्ट्राजेनिका खोप

काठमाडौं, ५ भदौ : जापानबाट दुई लाख मात्रा अष्ट्राजेनिका खोप काठमाडौं ल्याइएको छ । कतार एयरबाट भित्रिएको छ । कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई जापानले १६ लाख खोप दिने प्रतिबद्धता अनुरुप सो खोप आइपुगेको हो । यसअघि नै नौ लाख डोज खोप काठमाडौं आइपुगेको थियो ।

आज दुई लाख आठ हजार सातसय खोप आइपुगेको र बाँकी नौ लाख ४८ हजार सात सय वटा खोप भने भदौ ७ गतेसम्म आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वितरण शाखाका वरिष्ठ फर्मासिष्ट बडेबाबु थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सो खोप टेकुमा भण्डारण गरेर सबै प्रदेशहरुमा चाँडै वितरण गरिनेछ ।

यस्तै, मन्त्रालयका वाल स्वास्थ्य तथा खोप शाखाका खोप अधिकारी डा। भरत भण्डारीले प्रदेश १ र २ मा ६५ वर्ष उमेर समूहका नागरिकलाई कोभिसिल्डको दोश्रो खेपको खोपको रुपमा अष्ट्राजेनिका खोप दिने बताउनुभयो ।

एक तथ्याङ्क अनुसार अहिलेसम्म एक करोड, आठ लाख, ६० हजार १७० वटा खोप प्राप्त गरेको छ । त्यसमध्ये २४ लाख ४८ हजार कोभिसिल्ड, १६ लाख जोन्सन एण्ड जोन्सन, ७४ लाख भेरोसेल र दश लाख ७७ हजार ३२० वटा अष्ट्राजेनिका खोप रहेका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...