Admission Open

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३० को मृत्यु

काठमाडौं, ५ भदौ : नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ भने २ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७०३ जनाको पीसीआर परीक्षणमा १ हजार ४२४ र ५ हजार ३७२ को एन्टिजेन परीक्षणमा ६५१ जना गरी २ हजार ०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ४५ हजार ७३१ जना पुगेको छ । त्यसैगरी
३६ हजार ०१५ जना होम आइसोलेसनमा र ३ हजार ३०६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ४८५ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...