Admission Open

ad place

सत्यवती मा.वि आदमघाटमा सानद्वारा आयोजित छात्रवृति तथा स्कुलब्याग वितरण कार्यक्रम सम्पन्न

धादिङ, ५ भदौ : सत्यवती मा.वि आदमघाटका पूर्व विद्यार्थीहरुको संस्था आल्मुनाई एसोसिएसन अफ नेपालले त्यहाँ अध्ययनरत ५ जना छात्राहरुलाई छात्रवृत्तिसँगै १२० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले शुक्रबार विद्यार्थी कल्याणकारी कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री र स्थानीय क्लबलाई खेलकूद सामग्री पनि वितरण गरेको सानका अध्यक्ष बद्री सुवेदीले जानकारी दिए ।

शैक्षिक सामग्री खरिदका लागि भूतपूर्व विद्यार्थी र उनीहरु आवद्ध संघसंस्थाले सहयोग गरेका थिए । अध्यक्ष सुवेदीका अनुसार स्वागत ट्रेडिङका माधव खतिवडाबाट ६० हजार, प्रवेश ट्रेडर्सका परशुराम खतिवडाबाट फुटबल, स्पोर्ट सुज र विभिन्न खेलकुद सामग्रीहरु सहयोग प्राप्त भएको थियो ।

त्यस्तै, छात्रवृत्तिका लागि जीवन लामिछानेबाट १० हजार, परशुराम खतिवडाबाट १० हजार, अर्चना पौडेल सुवेदीबाट १० हजार, कुञ्जी खतिवडाबाट १० हजार, ओमप्रकाश शारडाबाट १० हजार सहयोग प्राप्त भएको पनि सुवेदीले जानकारी दिए ।

सत्यवती मा.वि आदमघाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खतिवडा प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता सानका अध्यक्ष बद्री सुवेदीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...