Admission Open

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४२ संक्रमित थपिए, संक्रमणबाट थप २६ जनाको मृत्यु

काठमाडौं, ४ भदौ : नेपालमा पछिल्लो २४ घण्टामा १७ हजार ६५४ जनामा कोरोना परीक्षण गरिएकोमा ३ हजार ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २,२४४ जना कोरोना भाईरस संक्रमणमुक्त भएको र संक्रमणका कारण २६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...