Admission Open

आज पनि भेरोसेल खोपको पहिलो मात्रा दिईँदै

१८ वर्ष पूरा भएका, विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थी र ४० वर्ष माथिकालाई प्राथमिकता

काठमाडौं, ४ भदौ सरकारले आजदेखि फेरि भेरोसेल खोपको पहिलो मात्रा दिन लागेको छ । १८ वर्ष उमेर पूरा भएका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका अन्य व्यक्तिलाई कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाइँने बताईएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले दिएको जानकारीअनुसार १८ वर्षभन्दा माथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने भएको हो ।
खोप लगाउन परीक्षाको प्रवेशपत्र र उमेर खुल्ने कागजात देखाउनु पनि जना्ईएको छ ।

खोप अभियान आज भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ । बिहान १० बजेखि साँझ ५ बजेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाबाट खोप लगाइने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...