Admission Open

नेपालको नेतृत्वमा एमाले समाजवादी नयाँ दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । नेपाल समूहका सांसद मेटमणि चोधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको जानकारी दिनुभयो ।

एमाले वरिष्ठ नेता नेपालले पार्टी एकताकाे संभावना टरेपछि नयाँ दल दर्ताका लागि निवेदन दिनुभएको हो । नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ भने चुनाव चिह्न खुला किताब राखिएको उहाँले जानकारी दिनुभयो

नेपाल समूहका सांसद चौधरीका अनुसार आयोगमा रामकुमारी झाँक्री, राजेन्द्र पाण्डेलगायतका नेता निर्वाचन आयोग पुगेर दल दर्ता गरेर फर्किनुभएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...