Admission Open

विषयमा सुन्दरीहरू : पात्र, इभीता र किलापेट्रा

# दीर्घराज प्रसाई

अर्जेन्टिनाका मान्छे भन्थे, कस्ती राम्री ?

उज्यालो अनुहार, भरिला गालाको चमक, चम्किला आँखा र परेलाको झिमझिम, उस्तै मिलेको शरीरको डाल, यस्ती राम्री सुन्दरीको धेरै गरिब परिवारमा जन्म भएको थियो ? आश्चर्यले सबै जिब्रो टोक्थे ।

मलाई आज तिनै सुन्दरीहरूको विषयमा चर्चा गर्न मन लागेको छ ।

फोटो स्रोत:Wikipedia

साह्रै सुन्दरी इभीता, यता–उती हिड्दा हेर्नेहरू बडो गम्भीर भएर हेर्ने गर्थे । तर गरीब परिवारककी ठानेर कसैले बोलचाल गर्नै चाहँदैन थे । चिनेका स्वास्नी मानिसहरू पनि बोल्दैन थे । इभीताको कोही पनि र केही पनि सहारा थिएन । उनको घर परिवार अनेक अभावले चलेको थियो ।

वाध्यताले गर्दा उनी केटाहरूसँग नजिकिन थालिन् । हुँदाहूँदै उनी यौनकर्मी जस्तो जस्ले बोलाए पनि जाने भइन् । चार पाँच जना केटाहरूले उनीसँग यौन सम्पर्क गरे वा उनैले गराइन् । त्यही कार्यले दुर्इृचार पैसा पनि जम्मा गर्दै गइन् । सिनेमाको कार्यक्रममा पनि भाग लिन तत्पर भइन् । उनी सीनेमाहरूमा खेल्न पनि थालिसकेकी थिएन् ।

समय र परिस्थितिको कुरा हो, सन् १९४४ जनवरी १५ मा अर्जेन्टिनामा ठूलो भूकम्प गयो । सन् १९४४ जनवरी २२ मा भूकम्पको क्षतिको निरीक्षण र सहयोगका लागि गएका अर्जेन्टिनाका श्रम मन्त्री जे. पेरुनसँग इभीताको देखादेख भयो । हेराहेर त्यतिमै सिमित रहेन । ती मन्त्रीले इभीतालाई देखेर साहै्र मख्ख परे । राहै्र राम्री–अर्जेन्टिनाकी परी जस्ती इभीतालाई देखेर मन्त्री मोहित् मात्र बनेनन् । आँखाहरु मात्र जुधेनन् । प्रेमनै गाँसियो । जव मन्त्रीसँग प्रेम बस्यो तव खुल्यो इभीताको भाग्य ।

फोटो स्रोत:Wikipedia

श्रम मन्त्री जे.पेरुनले इभीतालाई सँगै लिएर गए । उनलाई आफ्नो सल्लाहकार बनाए । सल्लाहकार हुँदै आखिर उनीसँग विवाहनै गरे । जे.पेरुनसँग विवाह भए पनि इभीताबाट बच्चा भने भएनन् भनिएको छ ।

उनी काम गर्न सँधै सक्रिय हुन्थिन् र सफल पनि । हरेकलाई प्रभावित पार्न सक्ने क्षमता इभीतामा थियो ।

एकपटक बिरोधीहरुका अनेकौँ षडयन्त्रका कारण श्रम मन्त्री पेरुन जेल परे । इभीता त्योबेला अत्यन्त लोकप्रिय भइसकेकी थिइन् । १९४५ मा सरकारभित्रका उनका बिरोधीहरुले गिरफ्तार गरे । पेरुन जेलमा परेपछि इभीताको नेतृत्वमा अर्र्जन्टिनाका हजारौं मजदूरहरुको ठूलो जुलुस जेलमा पुग्यो । मजदूरहरुको आक्रोस बढ्न थालेपछि पेरुन जेल मुक्त गरिए । यो सबै कार्य इभीताको लोकप्रियताको कारणबाट भएको थियो । मिलनसार प्रेममय शक्ति र उनको व्यवहारले इभीता जनताको प्रिय बन्दै थिईन ।

इभीताले महिलाहरुको प्रंतिष्ठा र महत्व कति हुन्छ भन्ने कुरा व्यवहारबाट देखाईन् । अर्जेन्टिनामा महिलाहरुलाई भोट दिने अधिकार थिएन । इभीताकै कारणले सन् १९४७ सालदेखि महिलाहरुले भोट दिन पाउने अधिकार प्राप्त गरे । सन् १९४७ सालमै संसदबाट पारित भयो । इभीता यस्तो सक्रिय थिइन्की अर्जेन्टिनाका जनताको हरेक काम उनले पूरा गर्ने गरेकाले उनी सबैको प्रिय बन्न पुगिन् ।

परिस्थिति यस्तो आयो कि श्रममन्त्री हुँदै उपराष्ट्रपति बनेका जे.पेरुन इभीताको लोकप्रियताका कारणले अर्जेन्टिनाको २९ औँ राष्ट्र«पति भए । पेरुन राष्ट्रपति भएपछि इभीतालाई मन्त्री बनाए । इभीता मन्त्री भएपछि यति धेरै मान्छेहरुको काम गरिन्की सारा जनता इभीता भनेपछि भुतुक्क हुन थाले । मान्छेहरु भन्थे, इभीताको कारणले पेरुन फेरि पनि राष्ट्रपति बने । दास्रो पटक राष्ट्रपति बनेपछि जे. पेरुन प्रथम महिला इभीताका साथ यूरोपको भ्रमणमा गए । स्पेनमा उनीहरुको ठूलो स्वागत, सत्कार भयो तर बेलायतको भ्रमणमा बकिंगम दरबारमा भने इभीतालाई गरीब परिवारकी छोरी र अन्य आक्षेप लगाएर प्रवेश निषेध गरियो । यस कुराले इभीता साहै्र निरास भईन् । इभीताले सन् १९५१ मा उपराष्ट्रपतिमा उठ्ने घोषणा गरिन् तर यसमा ठूलो दबाब परेकाले र उनको कमजोर स्वास्थ्यका कारण आफ्नो उमेदवारी फिर्ता लिईन ।

फोटो स्रोत:Wikipedia

दुःखको कुरा इभीता क्यान्सर पीडित भइन् । क्यानसरकै कारणले ३३ वर्षको अल्पायुमै सन १९५२ जुलाईमा उनको दुखद् निधन भयो । उनको निधन भएपछि अर्जेन्टिनाका सबै मानिसहरु शोकसन्तप्त भए । कैयौं शोकले घायल भए । अर्जेन्टिनामा ५ दिनसम्म राष्ट्रिय शोक मनाइयो भने त्यहाँका जनताले महिना दिनसम्म पनि शोक मनाई रहे । त्यहाँको सेनाले शोक धुन बजाएर इभीताप्रति श्रद्धाञ्जली व्यक्त गर्यो । अर्जेन्टिनाको राष्ट्रिय झण्डा झुकाइयो । गाउँ, शहर सबै स्वस्फूर्त रुपमा शोकाकुल भए । अर्जेन्टिनाका ब्यापारीहरुले समेत तीनदिन आफ्नो व्यापार व्यवसाय बन्द गरेर शोक मनाए । तीनदिन हवाई यातायात पनि बन्द गरियो । अमेरिकी राष्ट्रपति ट्रुमन र बेलायतकी महारानी एलिजावेथले समेत इभीताको निधनमा शोक सन्देश पठाए ।

इभीताकी आमा तथा तीन बहिनीहरुले मृत शरीरमा फूल चढाएर गहिरो दुख व्यक्त गरे । पोप पीयूस १२ औँ समेत काठको बाकसमा राखिएको इभीताको मृत शरीमा श्रद्धाञ्जली दिन आएका थिए । इभीताको नाममा अर्जेन्टिनामा प्रतिष्ठान पनि स्थापित गरियो ।

दुःखको कुरा सन् १९७४ जुलाईमा जे. पेरुनको पनि निधन भयो । एउटा सशक्त नेतृत्वको अवसान त भयो तर इभीताले अर्जेन्टिनाको प्रतिष्ठा बढाउन जनाताको जीवनस्तर उठाउने अनेकौं कार्य गरेकाले उनी मरेर गए पनि अमर बनिन् ।

शोक मनाइरहेको अवस्थामा पनि कोशारोडाबाट स्पेनका पाथोलोजिष्ट डा. पेट्रो आएर इभीताको मृत शरीरलाई रातोरात बसेर सुरक्षित राख्ने कार्य गरे । इभीताको मृत शरीरलाई हेर्न दिनमा ६५००० सम्म मान्छेहरुको लाइन हुन्थ्यो । इभीताको निधन अप्रत्यासित रुपमा छिटो भयो । उनको जीवनकाल अत्यन्त छोटो भयो तर संसारमा कसैको निधनमा यस्तो शोक मनाइएको उदाहरण भने कमै मात्र सुनिन्छ ।

सन् १९५७ मा इभीताको लासलाई मुस्कुकोमा रासायनिक पदार्थ राखेर गाड्ने निर्णय भयो । सन् १९७१ सम्म त्यहीँ राखियो । इभीताको निधन भइसके तापनि इभीताकै कारणले जे. पेरुन फेरि अर्जेन्टिनाको राष्ट्रपतिको निर्वाचनमा विजयी भएका थिए । सन् १९७४ जुलाईमा जे. पेरुनको पनि निधन भयो । त्यसपछि जे पेरुनको चिहानसँगै इभीताको शरीर पनि सँगै राखियो ।

के कारण हो इभीताको निधन भएको बीस वर्षपछि बीबीसीले सबै विवरण सुनाएको थियो ।

अत्यन्त चर्चित महिला इभीता र उनका श्रीमान जे पेरुनका त्याग, लोकप्रियतालाई अर्जेन्टिनाका जनताले बिर्सने छैनन्, सँधै अर्जेन्टिनाका जनताको मनमनमा रहिरहने छन् ।

प्रशङ्गवश अर्की सुन्दरीको उदाहरण पनि जोड्न मन लाग्यो ;

सुन्दरीहरुका कारणले दुनियाँमा कति ठूलो परिवर्तन हुन सक्दो रहेछ भन्ने कुरा मिश्रकी एक अत्यन्त सुन्दरी किलोपेट्राको जालमा रोम साम्राज्य (युनान ) का राजा जुलियस सिजार फसेको प्रशङ्ग पनि उत्तिकै घतलाग्दो छ ।

मिश्र लगायत युरोपका कैयौँ देश रोमन सम्राज्यको अधिनमा चलेका थिए। त्यो बेला रोम साम्राज्यमा अवस्थित युनानका सम्राट जुलियस सिजार सुन्दरी किलोपेट्रासित आकर्षित भएर प्रेम गर्न थाले । यो घटना ई.पू ४०/५० वर्ष तिरको हो । रहँदा बस्दा जुलियस सिजारले किलोपेट्रालाई रानी बनाए । जुलियस सिजारकी रानी बनेपछि र राजाको विश्वासपात्र बनेपछि के कारण हो एकदिन राजा हत्या भयो । राजा निधाएको बेलामा किलोपेट्राले राजाको हत्या गरिन् भनिएको पाइन्छ ।

राजाको हत्या भएपछि रोमन साम्राज्यको अधिनमा रहेको मिश्रलाई स्वतन्त्र घोषणा गरेर किलोपेट्रा मिश्रकी रानी बनिन् र उनले मिश्र (इजिप्ट ) लाई स्वतन्त्र र सार्वभौम राष्ट्र बनाईन । वास्तवमा यस हिसाबले किलोपेट्रालाई महान देशभक्त मान्नै पर्छ । स्मरणरहोस् किलापेट्रा अत्यन्त सुन्दरी भएकोले उनैको सौन्दर्यपूर्ण फोटोराखेर किलोपेट्रा नामको रक्सी पनि बनेको थि यो ।

यस हिसाबले यो संसारको गति र परिस्थितिको आफ्नो चक्र हुन्छ जुन आफैँ धुम्दोरहेछ ।

प्रशङ्गवश यो श्लोक पनि:

‘दानी व्यक्ति थिए बली तर उनै पत्तालमा भासिए,
सीताकै हुन गयो अधोगति, पति श्रीराम जस्ता थिए,
मुठ्ठी तीन चडाउँदा र कनीका दुःखी सुधामा अति,
ऐश्वर्यादि समृद्धि सुख हुन गयो धर्मश्य सूक्ष्म गति ।’

स्रोत:Wikipedia

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...