Admission Open

चार करोड ८४ लाखको बजेट    


वाग्मती, २ भदौ : हेटौँडास्थित कार्यालय रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुरले चालू आर्थिक वर्ष २०७८÷७९ का लागि स्वीकृत कार्यक्रम सार्वजानिक गरेको छ । केन्द्रले यसवर्ष रु चार करोड ८४ लाखको बजेट अनुरुप काम गरिने जनाएको हो । पशु प्रजनन सेवा कार्यक्रम, तथ्याङ्क सङ्कलन, कृषि कर्जा, व्यावसायिक बङ्गुरपालन, बाख्रा, गाईभैंँसीपालनलगायतका कार्यक्रम रहेको केन्द्रका वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले जानकारी दिनुभयो ।

मत्स्य क्षेत्रको विकास, जैविक सुरक्षा तथा फार्म सुदृढिकरण, पशु आहारा विकास, पशुपक्षी रोग नियन्त्रण जस्ता कार्यक्रमसमेत भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...