Admission Open

आज नेपालमा ३ हजार ९१५ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट २७ को मृत्यु

काठमाडौं, २९ साउन । नेपालमा गएको २४ घण्टामा ३ हजार९१५ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

२४ घण्टाभित्र १८ हजार ६८२ जनामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२ हजार ११८ जना निको भएर घर फर्किएका छन् भने कोरोना भाईरस संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।

साउन २९ गते शुक्रबार थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट नेपाल मृत्‍यु हुनेको संख्या १० हजार २३९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ जना रहेका र त्यसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत् रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...