Admission Open

मौद्रिक नीति आज, वित्तीय स्थायित्वमा प्राथमिकता, शेयर बजारमा कडाइ हुनसक्ने

काठमाडौं, २९ साउन : साउन पहिलो साता नै सार्वजनिक हुने तयारी अवस्थामा रहेर पनि सरकार परिवर्तनका कारण सार्वजनिक हुन नसकेको चालु आर्थिक वर्षको मौद्रिक नीति नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्ने भएको छ ।

मौद्रिक नीतिका विषयमा छलफल गर्न अहिले राष्ट्र बैंकको सञ्चालक समिति बैठक बसिरहेको स्रोतले जनाएको छ । राष्ट्र बैंकले दिएको जानकारीअनुसार सञ्चालक समितिले पारित गरे पश्चात आजै मौद्रिक नीति सार्वजनिक हुनेछ ।

कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र सरकारले लिएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने जानकारी दिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...