Admission Open

म्याड स्पिड र किलर लुक्सका साथ पोको एम ३ प्रो नेपालमा

काठमाडौँ : पोको एक इन्डस्ट्रि रिडिफाइनिंग स्मार्टफोन ब्रान्डले आजपोको एम ३ प्रो ५ जीलाई नेपालमा लन्च गरेको छ । सबैका लागि एक शक्तिशाली र पहुँचयोग्य ५जीको मोडेल प्रदान गर्दै पोको एम ३ प्रो डुअल ५जी सपोर्टको साथ आउँदछ र एक इमर्सिभ ९० हट्र्जको फूलहाई डेफिनिसन डिस्प्ले र फ्ल्यागशिप लेभलको ७न्यानोमिटर एफिसियन्सी प्रदान गर्दछ । “म्याड स्पिड, किलर लुक्स” को ट्यागलाइनका साथपोको एम ३ प्रो ले एड्भान्स्ड् टेक्नोलोजी र ट्रेन्डसेटिंग डिजाइनको संयोजनलाई बोकेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारीले भन्नुभयो ,“ हाम्रो ध्यान सधैँ गुणस्तरीय उत्पादनहरु मार्फत प्रयोगकर्ताको अनुभवहरुलाई पुनः परिभाषितगर्ने कुरामा केन्द्रित छ र हामीले यसलाई हाम्रो पोर्टफोलियो भरि समाहितगर्न प्रयास गरेका छौँ । हाम्रो उत्पादन छनोटहरु सधैँ भरपर्दो प्रदर्शनलाई आश्वस्तपार्न र सधैँ विकसितहुँदै रहनको लागिनिर्देशितगरिएको छ । यसैले हाम्राउपभोक्ताहरुको आकांशा र आवश्यकताहरुलाई पूरा गर्दछ । पोको एम ३ प्रो को लन्चको साथहामी फ्युचरप्रुफको ५ जी टेक्नोलोजीलाई कुनै पनि कर्नरहरु नकाँटि भित्राउँदै छौँ । डाइमेन्सिटी ७०० एसओसीका साथ संचालित उो उपकरण डुअल ५जी सपोर्टको साथ आउँदछ र यसले प्रयोगकर्ताहरुलाई दू्रतगति प्रदान गर्दछ । हामी विश्वस्त छौँ कि यस नयाँ स्मार्टफोनले पहिलेका सबै पोको प्रशंसक र नयाँ उपभोक्ताहरुलाई पनि अपील गर्दछ । ”

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...